images
images

दोलखामा नक्कली सशस्त्र प्रहरी पक्राउ

  • १२ फाल्गुन २०७८, बिहीबार १७:१६

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाका एक पुरुष सशस्त्र प्रहरीको नक्कली परिचय पत्र सहित पक्राउ परेका छन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर २ का २२ वर्षिय मिलन भनिने जुनतारा तामाङलाई प्रहरीले सशस्त्र प्रहरीको नक्कली परिचय पत्र सहित पक्राउ गरेको हो । आफु सशस्त्र प्रहरी भएको र ब्युरोबाट खटिई आएको बताउने गरेका उनलाई विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उनलाई भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित भालुखोलाबाट प्रहरीले फागुन १० गते साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनको साथबाट सशस्त्र प्रहरी सहायक निरिक्षक जुनतारा तमाङ नाम गरेको परिचय पत्र तथा नेम जुनतारा मोक्तान (तमाङ) एसआई सिआईबी, कार्ड नः १११८०१९ उल्लेख भएको कार्ड समेत बरामद भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । पक्राउ परेका तमाङमाथि प्रहरीले लिखत सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरेको छ ।