images
images

चोरी मुद्धामा फरार एक पुरुष ११ वर्षपछि पक्राउ

  • ११ चैत्र २०७८, शुक्रबार १३:३०

रामेछाप । रामेछापका एक पुरुष नकवजनी चोरी मुद्धामा फरार रहेको ११ वर्षपछि पक्राउ परेका छन् ।

रामेछाप नगरपालिका वडा नम्बर ७ का श्याम कुमार खड्कालाई प्रहरीले नकवजनी चोरी मुद्धा फरार रहेको ११ वर्षपछि पक्राउ गरेको हो । रामेछाप जिल्ला अदालतले २०६७ साल असोज ९ गते उनलाई नकवजनी चोरी मुद्धामा एक महिना चार दिन कैद र ५२ हजार ५ सय जरिवानाको फैसला सुनाएको थियो । त्यस लगत्तै फरार रहेका उनलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत रामेछापमा बुझाइएको छ ।