images
images

बनेपामा बसको ठक्करबाट रामेछापका एक पुरुषको मृत्यु

  • ११ चैत्र २०७८, शुक्रबार १४:०५

काभ्रेपलाञ्चोक । काभ्रेपञ्चोकमा बसले मोटरसाइकललाई ठक्कर दिदा रामेछापका एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको अरनिको लोकमार्ग अन्तर्गत बनेपामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक रामेछापको रामेछाप नगरपालिका वडा नम्बर २ का २८ वर्षीय सुनिल कुमार खड्काको मृत्यु भएको हो । आज बिहान बनेपाबाट धुलिखेलततर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ खड्का गम्भिर घाइते भएको थिए । उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवम्प्र हरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकलमा सवार सोही स्थानका २७ वर्षीय सन्तोष खड्का घाइते भएका छन् । घाइते उनको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बसका चालकलाई भने ईलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।