images
images

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • ११ जेष्ठ २०८०, बिहीबार १०:२१

रुकुम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा आज बिहान जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थमै मृत्यु भएको हो । मृत्यु हुनेमा सानीभेरी गाउँपालिकाका ५ का कर्णे बाठा, देउचन खत्री, रेखा खत्रीको मृत्यु भएको र एक बालकको पहिचान खुल्न सकेको छैन । सानीभेरी गाउँपालिका ३ घ्युढुंगाबाट मुसीकोटतर्फ जाँदै गरेको जु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताउनुभयो। हाल घटनास्थलमा उद्धारको काम भइरहेको छ । जिपमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । घटनाबारे विषयमा थप विवरण आउन बाँकी छ ।