images
images

लागुऔषध सहित एक युवक पक्राउ

  • १३ चैत्र २०७९, सोमबार १९:२८

सिन्धुली । सिन्धुलीमा एक युवक लागु औषधसहित पक्राउ परेका छन् ।

सिन्धुलीमा उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय एल्बिन खड्का लागु औषधसहित आज पक्राउ परेका हुन् । सिन्धुलीको प्रहरी टोलीले सवारीसाधान चेकजाँच गर्ने क्रममा कटारीबाट काठमाडौँतर्फ जादै गरेको मधेश प्रदेश ०१००१ ज ०१०७ नम्बरको सुमो गाडीभित्र रहेको झोलामा ९३ बोतल लागु औषध सहित उनलार्ई पक्राउ गरेको हो । सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले सो झोलाभित्र लागु औषध कोडिवेल लेखिएको १ सय एमएल को बोतल ४३ वटा र डायलेक्स डिसि लेखिएको १ सय एमएल को बोतल ५० वटा गरी ९३ वटा बोतल लागु औषधसहित पक्राउ गरेको जानकारी दिनुभयो ।

पक्राउ परेका खड्कालाई सिन्धुली जिल्ला अदालतले ५ दिन म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।