images
images

पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई वालवालिकाको शव फेला, अर्का वालक अझै सम्पर्कविहीन

  • १४ चैत्र २०८०, बुधबार १४:०८

उदयपुर । सुनकोशी नदीमा बेपत्ता भएका उदयपुरका ३ जना बालबालिकामध्ये दुई बालवालिकाको शव फेला परेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङमा गत आइतबार होली मनाएर सुनकोशी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका ३ बालबालिकामध्ये दुई जनाको शव फेला परेको हो । चैत ११ गते बेपत्ता भएकी उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव आज फेला परेको हो । स्थानीय माछा मार्नेहरुले बेलुकी कोशीमा जाल थापेका थिए । आज बिहान जाल हेर्न जाँदा मृत्तक रेखाको शव पानीमा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।

बेपत्ता भएका तीन जनामध्ये ८ वर्षीय रिदम मगरको शव हिजो घटनास्थलदेखि करिब डेढसय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो । चार दिनअघि बेपत्ता भएकामध्ये १४ वर्षीय लोकबहादुर मगरलार्ई भने अझै फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।