images
images

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका युवक पक्राउ

  • १४ चैत्र २०८०, बुधबार १७:५९

काठमाडौं । बेराजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका एक युवक पक्राउ परेका छन् ।

ठगी गरेको आरोपमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१० मा बस्दै आएका ३६ वर्षीय मिङमार लामा पक्राउ परेका हुन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पिडितहरुबाट रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएपछि उनीविरुद्ध पिडितले जाहेरी दिएका थिए । उनले क्रोएसिया पठाउने भन्दै आमान बोम्जनबाट ३ लाख रुपैयाँ ठगी गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पिडितको जाहेरीका आधारमा पक्राउ गरेको हो । ठगी गरेको आरोपमा पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एव्म कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।