images
images

पार्टी केन्द्रसम्म पुगेको कांग्रेस रामेछापको विवाद अन्ततः जिल्लामै यसरी मिल्यो

  • ११ भाद्र २०७९, शनिबार १६:५८

जिरी (दोलखा) । पार्टी केन्द्रसम्म पुगेको नेपाली कांग्रेस रामेछापको विवाद मिलेको छ ।

पछिल्लो केही समययता नेपाली कांग्रेस रामेछापमा देखिएको विवादको समाधान भएको हो । आज पार्टी कार्यालयमा बसेको बैठकले पार्टी सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को कार्यशैली प्रती असन्तुष्टी जनाउदै हुदै आएको बिरोध र विवादको अन्त्य गरेको छ । यसअघि नेपाली कांग्रेस रामेछाप जिल्ला समितिको विवाद चुलिँदै गएर पार्टी सभापति कान्छारामलाई कारवाहीको माग गर्दै उनीविरुद्ध साउन ७ गते केन्द्रिय कार्यालय सानेपामा पूर्व सभापति लवश्री न्यौपानेको नेतृत्वमा उपसभापति नवराज थोकरसहितका नेताहरुले उजुरी दर्ता गरेका थिए । सो क्रममा उजुरीका लागि सहभागी भएका उपसभापति तामाङको जिम्मेवारी पनि खोसिएको थियो । उपसभापति थोकरलाई दिएको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी एक समुहको बैठकले लेखबहादुर कार्कीलाई दिइएको थियो ।

तर, अहिले गत साउन ३ गते यता एक समूहले गर्दै आएका निर्णयहरु खारेज गर्ने र सभापति कान्छारामले आफ्नो कार्यशैली सच्याउने लगायतको विषयमा सहमति भएको छ । चुनावी अभियानको क्रममा रामेछापका लागि खटाइएका केन्द्रीय सदस्य हरिशरण नेपालीको रोहवरमा आन्तरिक विवाद मिलेको हो । आज मन्थलीमा बसेको जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधिसहितको बैठकले सभापति तामाङले आफ्नो कार्यशैली सच्याउने र असन्तुष्ट पक्षले अबदेखि पार्टीभित्रको विवाद पार्टीभित्र नै समाधान खोज्न सहमति जुटाएको छ ।

विगतमा देखिएका कमीकमजोरीको आत्मा समिक्षा गर्दै सहमतिका साथ अघि बढ्ने निर्णय सहित विवाद टुङगिएको कांग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले जानकारी दिनुभयो । यो सँगै यसअघि कारवाहीका लागि दिइएको उजुरी र निवेदनहरु पनि अघि नबढाई फिर्ता लिने निर्णय भएको छ ।

बैठकका निर्णयहरुः