images
images

रामेछापको बेतालीमा बारम्बार ज्यानै जाने घटना, प्रहरी प्रशासन कहाँ चुक्यो ?

जिरी (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिकास्थित बेतालीमा एकपछि अर्को गर्दै धमाधम ज्यानै लिने अपराधिक घटना घटिरहेका छन् ।

पछिल्लो एक महिनाको अवधिमा मात्रै गोकुलगंगा–४ बेतालीमा दुई जनाको ज्यान जानेगरी अपराधिक घट्ना घटेका हुन् । दुई जना वृद्धवृद्धाको घरभित्रै विभत्स हत्या भएपछि यतिबेला गोकुलगंगाको बेतालीबासी आफ्नै घर–घरमा असुरक्षित महसुस गर्न थालेका छन् । अज्ञात समुहले एक पछि अर्काे गर्दै धमाधम घर–घरमै छिरेर ज्यानै लिएपछि त्यहाँका स्थानीयमा डर र त्रास पैदा भएको हो । गत फागुन पहिलो साता एक वृद्धाको आधा शरीर जलेको अवस्थामा शंकास्पद सव फेला परेको थियो । त्यसको एक महिना वित्न नपाउँदै हिजो सोमबार फेरी बेतालीमा अज्ञात समुहको खुकुरी प्रहारबाट एक वृद्धको ज्यान गएको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीस्थित लिसेखानीमा खुकुरी प्रहारबाट अन्दाजी ८२ वर्षीय वृद्ध शमशेर बहादुर थापामगरको ज्यान गएको हो । हिजो बेलुकी करिब साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात समुहले थापामगरमाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मन्थली लैजाँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट थापामगरको टाउकोमा गम्भीर चोट लागेको थियो भने एउटा हातको अम्ला सम्म काटिएको थियो । ती वृद्धलाई घरमा कोही नभएको मौका छोपेर खुकुरी प्रहार गरेको खुलेको छ । उनकी श्रीमती बिरामी भएर उपचारका लागि काठमाडौं गएकी थिइन् । घरमा उनीसँग दुई नातीनीहरु बस्दै आएपनि उनीहरु घरबाहिर भएको अवस्थामा मौका छोपेर घटना घटाएको पाइएको स्थानीयले बताएका छन् ।

घटनाको प्रकृति हेर्दा घटना घटाएका शंकास्पद व्यक्तिले वृद्धको घरपरिवारसँग नजर राखिरहने गरेको अनुमान गर्न सकिन्छ । घटना सोमबारनै घटेको भएपनि हालसम्म कसले र किन खुकुरी प्रहार गरेको भन्ने कुरा खुलेको छैन । जिल्ला प्रहरी कार्यालय रामेछापको सक्रियता बलियो नभएका कारण पनि यसअघिको घटनाका दोषीलाई समेत कानुनी कठघरामा उभ्याउन नसक्दा पुनः अर्काे घटना घटेको स्थानीयको भनाई छ । 

घटनाको प्रकृति हेर्दा घटना घटाएका शंकास्पद व्यक्तिले वृद्धको घरपरिवारसँग नजर राखिरहने गरेको अनुमान गर्न सकिन्छ । घटना सोमबारनै घटेको भएपनि हालसम्म कसले र किन खुकुरी प्रहार गरेको भन्ने कुरा खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र आफुहरु सहितकोे प्रहरी फोर्स बेतालीमा खटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले जानकारी दिनुभयो ।

यसअघि पनि गत फागुन ६ गते शनिबार बेताली भिमसेनथानस्थित सिरानघरकी अन्दाजी ७६ वर्षीया वृद्धा पदमकुमारी खड्काको आधा शरीर जलेको अवस्थामा शंकास्पद शव फेला परेको थियो । बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले हेर्न जाँदा आधा शरीर जलेको अवस्थामा वृद्धा मृत अवस्थामा फेला पारेका थिए । उनको कम्मरदेखि तलको भागको एउटा खुट्टा पुरै जलेको थियो भने अर्को खुट्टा जलेको थिएन । वृद्धा पदमकुमारी खड्का सुतेको स्थानमा कतै आगो सल्केको र आगलागी भएको नभेटिएको तथा शरीर मात्रै जलेको भेटिएको थियो । आगो सल्केर आगलागी भएको नदेखिएको र शरीर मात्रै जलेकोले ती वृद्धाको पनि षड्यन्त्रपूर्ण हत्या भएको पुष्टि हुन्छ । उनी घरमा एक्लै बस्दै आएकी थिइन् । यसरी एक पछि अर्को गर्दै यस्ता अपराधिक घटना घट्न थालेपछि स्थानीयले आफ्नै घरमा असुरक्षित महसुस गर्न थालेका हुन् । बेलातीकै स्थानीय प्रकाश कार्कीले हाम्रो अपडेटसँग आफुहरुले आफ्नै गाउँमा असुरक्षित महसुस गरेर डर र त्रासमा बाच्नुपर्ने अवस्था आएको दुखेसो व्यक्त गर्नुभयो ।

रामेछाप प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको भन्दै प्रतिक्रिया दिएको छ । प्रहरीका अनुसार अहिलेको घटनाबारे सोधपुछका लागि मृतक वृद्धका छोरालाईनै नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको सक्रियता बलियो नभएका कारण पनि यसअघिको घटनाका दोषीलाई समेत कानुनी कठघरामा उभ्याउन नसक्दा पुनः अर्काे घटना घटेको स्थानीयको भनाई छ । डिएसपी पराजुलीले भने ती घटनाहरुमा संलग्नलाई आफुहरुले खोजीरहेको र पहिलाको घटनाबारे पनि अनुसन्धान जारी राखेको दावी गर्नुभयो ।

तर, प्रहरी प्रशासनको फितलो सक्रियताका कारण अहिले सिंगो गाउँनै जोखिममा परेको छ । छोटो अवधिमानै दुई वटा गम्भीर घटना घटेपछि गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले घटेका घटनाहरु हेरेर मौन नबस्ने र दोसीलाई उन्मुक्ति नदिने भन्दै अनुसन्धान सुस्त भएकै कारण पुनः घट्ना घटेको हुनसक्ने बताउनुभयो ।

घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट पनि थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको बुझिएको छ ।