images
images

दोलखाको मागापौवाबाट रामेछापका दुईसहित तीन जना पक्राउ

  • १५ चैत्र २०८०, बिहीबार ०९:२१

दोलखा । दोलखाको मागापौवाबाट रामेछापका दुईसहित तीन जना चोरी गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–४ का ३४ वर्षीय रोहितबहादुर थापामागर, सोही स्थानका २२ वर्षीय तेजबहादुर थापामगर र मकवानपुर हेटौँडा उपमहानगरपालिका–५ का खेम राई रहेका छन् । दोरम्बा शैलुङ गाउँपालिका–४ का हर्कबहादुर नगरकोटीको घरमा पसेर उनीहरुले उनकी श्रीमती धनलक्ष्मीलाई लछारपछार पारी कोठाभित्र राखिएको २ तोला सुनको गरगहना र नगद १५ हजार रुपैयाँ लुटेर फरार रहेका थिए ।फरार रहेका उनीहरुलाई दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।