images
images

एमडीएमएस खरिद प्रकरणमा दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

  • १५ चैत्र २०८०, बिहीबार १६:५०

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी, कविन्द्रराज मल्ल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विशेष अदालतमा दायर गरेको मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध अख्तियारले ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ बिगो दाबी गरेको छ ।