images
images

त्रिविद्धारा इतिहासमै पहिलोपटक अनलाइन सेवा सुरु, ट्रान्सक्रिप्ट लिन धाउन नपर्ने

  • १५ माघ २०८०, सोमबार १५:२१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजदेखि अनलाइन सेवा सुरु गरेको छ ।

त्रिविले आज प्रेस विज्ञप्ति जारी गरी कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दिएको हो । त्रिविले इतिहासमै पहिलोपटक अनलाइन सेवा सुरु गरको हो । त्रिविका अनुसार प्रदान गरिने सेवाहरुका लागि त्रिविको  निर्देशनअनुसारको विवरण तथा प्रमाणहरु संलग्न गरी नेपाल बैंक लिमिटेड वा ग्लोबल आइ एम ई बैंकमध्ये एउटा बैंकमा तोकिएको शुल्क तिरेर सबमिट गर्नुपर्ने छ ।

अनलाईन फारम २४ सै घण्टा उपलब्ध हुने त्रिविले जनाएको छ । प्रमाणपत्र संकलनको लागि सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । त्रिविका अनुसार हाललाई आवेदन फारम भरेको मितिले सबै प्रक्रिया मिलेमा एक साताभित्र सेवा उपलब्ध गराइने छ । विश्वविद्यालयले शुरुवात गरेको अनलाइन सेवाबाट अत्याधिक सेवाग्राही लाभान्वित हुने त्रिविले जनाएको छ ।