images
images

मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक गम्भिर घाईते

  • १५ चैत्र २०७८, मंगलवार ०६:४५

काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटनामा परी चार जना बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित बरकुर्वामा ५ जना सवार मोटरसाइकल दुर्घटना हुदाँ ४ जना बालकको मृत्यु भएको हो । दुर्घटनामा परी सबैला नगरपालिका वडा नम्बर २ का राहुल यादव, लक्ष्मी यादव, बौका भनिने विकास यादव र समित यादव रहेका छन् । हिजो साँझ ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी उनीहरु गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनीहरुलाई अस्पताल पु¥याइए पनि चार जनालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका सुरेन्द्र यादवको भने प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । यद्धपी बढी लोडका कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।