images
images

खसीबोका किन्ने बहानामा सुन र नगद चोरी, स्थानीयले रंगेहात फेला पारेपछि…

  • १५ चैत्र २०७९, बुधबार ०७:१९

जिरी (दोलखा) । दोलखाको भीमेश्वर नगरपालिकास्थित लाकुरीडाँडामा खसी बोका किन्ने बहानामा चोरी गर्ने दुई जनालाई स्थानीयले नियन्त्रण लिएर प्रहरीलाई बुझाएका छन् ।

खसी बोका बेच्ने बहानामा गाउँगाउँमा पुगेर सुन तथा नगद लुट्ने तथा चोरी गर्ने उनीहरुलाई फेला पारेपछि भिमेश्वर नगरपालिका वडा नम्बर ९ भण्डारेका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । सो क्रममा स्थानीयले सामान्य कुटपिट समेत गरेका छन् । सुरुमा त्यहाँका स्थानीय किरण तामाङ र सुस्मिता तामाङले उनीहरुको गतिविधि शंकास्पद लागेपछि गाउँलेलाई बोलाएका थिए । त्यसपछि उनीहरुलाई स्थानीयले पछाडी हात बानेर कुटपिट गरी प्रहरीलाई बुझाएका हुन् ।

चोरीमा संलग्न दुवै जनाको एकिन पहिचान नखुलेपनि एक जनाको घर भिमेश्वर नगरपालिका ७ र एक जनाले जिरीको श्यामा ठेगना बताएका छन् । यद्धपी, दोलखा प्रहरीले भने उनीहरु पक्राउ परेपनि एकिन नाम ठेगना सहितको विवरण खुलाउन चाहेको छैन । उनीहरुको साथबाट मोबाइल, सुन र केही नगद बरामद गरिएको छ ।