images
images

सवारी दुर्घटना मुद्धाः तीन वर्ष थुनामा बसेपछि चालकलाई १० हजार जरिवानाको फैसला

दोलखा । सवारी अङ्गभङ्ग मुद्धामा तिन वर्षदेखि थुनामा रहेका दोलखाको जिरी नगरपालिकाका एक सवारी  चालकलाई १० हजार जरिवानाको फैसला भएको छ ।

सवारी अङ्गभङ्ग मुद्धामा ३ वर्षदेखि पूर्पक्षका लागि थुनामा रहेका जिरी नगरपालिका वडा नम्बर ७ का उमेश खत्रीलाई दोलखा जिल्ला अदालतले १० हजार जरिवानाको फैसला सुनाएको हो । जिल्ला न्यायधिश कविप्रसाद न्यौपानेको इजलाशले आइतबार खत्रीलाई कसुर ठहर गर्दै १० हजार जरिवानाको फैसला सुनाएको थियो । फैसला वमोजिम तोकिएको जरिवाना थुनिएको अवधिमा मिलान गरी चालक खत्री रिहा भएका छन् । अदालतको फैसला बमोजिम ३ वर्षदेखि थुनामा रहेका खत्री रिहा भएका हुन् । दोलखा जिल्ला अदालतमा विचाराधिन रहेका मुद्धा मध्ये यो सबैभन्दा पुरानो मुद्धा हो । सवारी यातयातको व्यवस्था ऐन २०४९ अन्तर्गतको दफा १६२ को उपदफा १ र २ बमोजिम खत्री रिहा भएको जिल्ला अदालत दोलखाका प्रशासन प्रमुख टेकराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार धरौटी रकम खत्रीको कैदमा कट्टा गरिएको छ ।

२०७५ साल मंसिर २९ गते भीमेश्वर नगरपालिकाको बोचबाट गोपिखोलातर्फ जाँदै गरेको बा ५ ख २०२० नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ६२ प ४२९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुई जना घाइते भएका थिए । ठक्कर दिदाँ मोटरसाइकलमा सवार सिन्धुलीको खुर्कोटका विनेश गुप्ता र रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ का गणेशबहादुर बोहरा घाइते भएका थिए । दुर्घटना लगत्तै घाइते बोहराका दाजु विरेन्द्र बोहराको जाहेरीका आधारमा खत्रीलाई दोलखा प्रहरीले २०७५ साल पुस ६ गते पक्राउ गरेको थियो । पक्राउ परेका उनीमाथि प्रहरीले सवारी अङ्गभङ्ग मुद्धा दर्ता गराएर अनुसन्धान गरेको थियो । सो मुद्धामा पुर्पक्षका लागि कारागार चलान भएका खत्री तिन वर्ष पछि मात्रै आइतबार रिहा भएका हुन् ।

सवारी अङ्गभङ्ग मुद्धामा ३ वर्षदेखि पुपक्षका लागि थुनामा रहेका जिरी नगरपालिका वडा नम्बर ७ का उमेश खत्री रिहा भएका हुन् । जिल्ला न्यायधिश कविप्रसाद न्यौपानेको इजलाशले आइतबार खत्रीलाई १० हजार जरिवानाको फैसला सुनाएको थियो । दोलखा जिल्ला अदालतमा विचाराधिन रहेका मुद्धा मध्ये यो सबैभन्दा पुरानो मुद्धा हो । 

सोही मुद्धामा पक्राउ परेका सवारी धनी जिरी नगरपालिका वडा नम्बर ६ का समित जिरेललाई पनि अदालतले ५ हजार जरिवानाको फैसला गरेकोे छ । यसअघि २ हजार धरौटी रकम बुझाएर रिहा भइसकेका जिरेललाई अदालतले अहिले पनि जरिवाना तोकेको हो । जिरेल २०७५ साल माघ २१ गते २ हजार धरौटी रकम बुझाएर रिहा भएका थिए । सवारी धनी रिहा भएपनि चालक तीन वर्षसम्म थुनामा थिए । कोरोना महामारी, बचाउ पक्षले पटक पटक म्याद सारेको, सरकारी वकिलहरुले बहस सार्ने तथा घाईते भएकाहरुको रिर्पोट लेख्ने चिकित्सकले समय नदिएको लगायतका कारण मुद्धा फैसलामा ढिलाइ भएको अदालतले जनाएको छ ।

सवारी तथा यातायात ऐन २०४९ को दफा १६२ को उपदफा १ मा बदनियतसाथ सवारी चलाई किचि, ठक्कर दिई वा दुर्घटना गराई मानिसलाई अंगभंग गराएको सम्बन्धी कसुरमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।