images
images

सातौँ पटक मन्त्रिपरिषद पुर्नगठन, कांग्रेसका ४ सहित ७ जना मन्त्री नियुक्त

  • १७ चैत्र २०७९, शुक्रबार १३:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद पुर्नगठन गर्नुभएको छ ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले आज सातौं पटक मन्त्रिपरिषद पुर्नगठन गर्नुभएको हो । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले चार जना सांसदलाई मन्त्री नियुक्त गर्नुभएको छ । उपसभापति पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा.प्रकाशशरण महत अर्थमन्त्रालय, रमेश रिजाल उद्योग र सिता गुरुङ शहरी विकासमन्त्री भएकी छिन् । यस्तै जनता समाजवादी पार्टी जसपाको सिफारिसमा अशोक राई शिक्षामन्त्री भएका छन् । एकिकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि र उपमहासचिव प्रकाश ज्वाला भौतिक पुर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।