images
images

एमाले पार्टी हैन, पाटीपौवा हो: माधव नेपाल

  • १६ पुष २०७८, शुक्रबार ०८:१२

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) नरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी गरे । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क गरे ।

अध्यक्ष नेपालले एमालेमा केही गरौं भन्ने भावना समेत नरहेको बताए । उनले भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्तै भयो । भएपनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको संकल्प नै छैन । नि:श्वार्थ भावना पनि छैन । केही गरौं भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन । त्यो पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन ।’