ठुलो मात्रामा लागु औषधसहित महानगरीय प्रहरी प्रभागले एक व्यक्ति पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं ३२ नरेफाँटको तरकारी बजार नजिकै बाट धादिङ्ग जिल्ला खनायबास गाउँपालिका वडा नं ४ घर भई हाल काठमाडौँको तारकेश्वर बस्ने लेखबहादुर तामाङ्ग पक्राउ परेका हुन्। कोटेश्वरका प्रहरी निरिक्षक सुरेशराज भट्टको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीको प्रक्रिया अघि बढ्ने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।
तामाङ्गको साथबाट नूफिन २८६ थान, फेनेर्गन २९२ थान, डाईजापाम २८४ थान, मोबाईल २ थान, प्रेस कार्ड १ थान र आईएमी कार्ड बरामद भएको प्रहरी निरिक्षक भट्टले बताए । प्रेस कार्ड बरामद भए पनि उनी पेशागत पत्रकार भए/नभएको अनुसन्धान कै क्रममा रहेको भट्टले बताए । परिसर प्रवक्ता मैनालीले भने भट्ट नेतृत्वको टोलीले परिसर मातहत बसेर शान्तिसुरक्षा कायम गर्न उल्लेखनिय भूमिका खेल्दै आएको बताए ।