images
images

जसपा अध्यक्ष यादव जिरीमा, पार्टीको दुईदिवसीय प्रशिक्षण कार्यक्रम सुरु हुँदै

  • १९ माघ २०८०, शुक्रबार १०:३२

जिरी (दोलखा) । जनता समाजवादी पार्टी नेपाल (जसपा) को दोलखामा आजदेखि प्रशिक्षण कार्यक्रम सुरु हुँदैछ ।
दुई दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रम पर्यटकीय नगरी जिरीमा आजदेखि सुरु हुँदैछ । दुईदिवसीय प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठलगायतले प्रशिक्षण दिने छन् । शेर्पालुङ राष्ट्रिय समन्वय समितिको आयोजनामा गर्न लागिएको प्रशिक्षण कार्यक्रम सामाजिक सेवा केन्द्रको सभाहलमा केही बेरमा सुरु हुने जसपा दोलखाका नेता ललित मगरले जानकारी दिनुभयो ।