images
images

मौसम प्रतिकुलताले छोएन दर्शकलाई, जिरीको साँझपख झनै बन्यो रोमाञ्चक

जिरी(दोलखा) । प्रतिकुल मौसमकाबीच पनि जिरी महोत्सवमा सांगितिक प्रस्तुती भएको छ ।

आज अपरान्हदेखि केही समय वर्षा भएपछि कार्यक्रम नै प्रभावित भएको थियो । तर, साँझपख बर्षा हुन छोडेपछि सांगितिक प्रस्तुतीमा दर्शन झुम्मिएका हुन् । साँझ लोक दोहोरी गायिका प्रिती आलेको प्रस्तुतीमा मौसम प्रतिकुलताको बाबजुत पनि धेरै दर्शकहरु झुम्मीएका हुन् । आज दिउँसो मंगलबारदेखि जारी पुरुष भलिबल प्रतियोगिता लगायतका अन्य कार्यक्रमहरु हुँदा मौसमले साथ दिएपनि अपरान्ह करिब ४ बजेदेखि मौसममा आएको परिवर्तनको कारण केहीबेर कार्यक्रम प्रभावित बनेको थियो ।

मौसमले साथ नदिएपनि जिरी आएका कलाकारहरुलाई दर्शकले साथ दिएका छन् । महोत्सव सुरु भएदेखि हिजोसम्म निरन्तर मौसमले साथ दिएपनि आज अपरान्ह भने केही घण्टा मेग गर्जन सहितको वर्षा भएको थियो । जसका कारण दर्शकहरु तितरवितर भएका थिए । आज महोत्सवमा लोक दोहोरी गायिका प्रिती आले, एसियाकै होचो मान्छे मनोज गोर्खाली लगायत जिरी आएका थिए ।