images
images

शान्ति मिसनमा लेबनान गएका दोलखाका सैनिक जवानको गोली लागेर मृत्यु

  • १९ माघ २०८०, शुक्रबार १८:३८

दोलखा । शान्ति मिसनमा लेबनान गएका दोलखाका सैनिक जवानको मृत्यु भएको छ ।

लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औँ डफ्फामा कार्यरत दोलखाका सैनिक सुवास थापाको मृत्यु भएको हो । मृतक सैनिक जवान थापाको स्थायी घर दोलखा भनिए पनि ठेगानाको बिस्तृत विवरण खुल्न बाँकी रहेको छ । लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औँ डफ्फामा कार्यरत दोलखाका सैनिक सुवास थापाको गोली लागेर मृत्यु भएको हो ।

थापा गणको हेक्वार्टरको बंकरमा स्टयाण्डबाई डयुटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागेको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । गोली लागेर गम्भीर घाइते अवस्थामा फेला परेका उनको हिजो लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत्त घोषणा गरेका हुन् ।

सेनाले विज्ञप्ति जारी गर्दै उनको शवलाई नेपाल ल्याउन समन्वय भइरहेको जनाएको छ ।