images
images

टेलिभिजनबाट तातो हावाबारे जानकारी दिँदै थिइन, गर्मी सहन नसकेर आफै ढलिन्

भारतमा एक जना टेलिभिजन प्रस्तोता तातो हावाबारे जानकारी दिँदै थिइन् । समाचार वाचनको क्रममा मौसमसम्बन्धी तातो हावाबारे जानकारी दिइरहेकी भारतको दूरदर्शन टेलिभिजनकी समाचार प्रस्तोता लुपामुद्रा सिन्हा चर्को गर्मीले लाइभ कार्यक्रममै बेहोस भइन् । सिन्हा भारतीय टेलिभिजन दूरदर्शनको वेस्ट बङ्गाल शाखामा कार्यरत समाचार वाचिका हुन् । वेस्ट बङ्गाल क्षेत्रमा उग्र रूपले बढेको तातो हावाबारे अपडेट दिइरहेकी उनी आफै त्यसको सिकार बनेकी हुन् । होसमा आएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रत्यक्ष समाचार वाचनको क्रममा गर्मीले आफ्नो रक्तचाप ह्वात्तै घटेर बेहोस भएको जानकारी दिइन् । वेस्ट बंगालको वेस्ट बर्डवान जिल्लाको तापक्रम ४३ डिग्री माथि पुगेको थियो ।

मौसम विभागले सोमबारसम्म दक्षिण बङ्गाल क्षेत्रमा तातो हावा चल्ने अनुमान गरेको छ । सरकारले स्थानीय क्षेत्रमा ग्रीष्मकालिन विदासमेत दिइसकेको छ ।