images
images

इजरायलस्थित नेपाली राजदूतावासले भन्यो,-‘अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कनू’

  • २ बैशाख २०८१, आईतवार १३:३७

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन नेपाली राजदूतावासले आग्रह गरेको छ ।

नेपाली दूतावासले आज सार्वजनिक सूचना जारी गर्दै आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो । आज बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविव लगायत क्षेत्रमा आक्रमण गरेपछि दूतावासले स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट ननिस्कन आग्रह गरेको छ । भोली राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि अनुरोध गरिएको हो । कुनै समस्या परेमा दूतावासका द्धितिय सचिव कुमारबहादुर श्रेष्ठ र सहचारी सञ्जयकुमार साहलाई सम्पर्क गर्न सूचनामा भनिएको छ ।

यसअघि प्यालेस्टाइनको बिद्रोही संगठन हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो ।