images
images

विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, विनोद चौधरी १७६४ औँ स्थानमा

  • २१ चैत्र २०८०, बुधबार ०८:३२

विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक गरिएको छ ।

अमेरिकाको प्रसिद्ध पत्रिका फोब्र्सले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको हो । विश्वमा अर्बपतिको संख्या २ हजार ७ सय ८१ रहेको छ । यस वर्ष गत वर्षको भन्दा १ सय ४१ जना धेरै रहेका छन् । जसमध्ये नेपालका विनोद चौधरी १७६४ औँ स्थानमा परेका छन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पति कुल १ अर्ब ८ करोड अमेरिकी डलर छ ।

गत वर्ष चौधरी १६४७ औँ स्थानमा रहेका थिए । यद्यपी उनको कुल सम्पति भने गत वर्षको भन्दा घटबढ भएको छैन । यस्तै यो वर्ष सर्वाधिक अर्बपति भएको देशमा अमेरिका पहिलो स्थानमा रहेको छ ।