images
images

कतारमा ५५ जना नेपाली कामदार अलपत्र

  • २ बैशाख २०८१, आईतवार ०८:३१

कतारमा २५ जना महिलासहित ५५ जना नेपाली कामदार अलपत्र परेका छन् ।

अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ जना नेपाली कामदार भोकभोकै अलपत्र परेका हुन् । उनीहरु कामको शिलशिलामा छुट्टाछुट्टै समयमा कतार पुगेको बताइएको छ । उनीहरुलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब नदिएका कारण उनीहरु अलपत्र परेका हुन् । कम्पनीले कामदारको अवस्थाबारे चासो दिएको छैन । पटक–पटक आफ्ना समस्या सुनाउँदा म्यानपावरले हेलचेक्राइ गर्दै आएको उनीहरुको भनाई छ ।

श्रमिकहरुले समस्या समाधान गर्न नेपाली दूतावास र कतारको श्रम अदालतमा गएर उजुरी दर्ता समेत गरेका छन् । कतारका श्रम काउन्सिलर टिकामणि न्यौपानेले समस्या समाधान गर्नका लागि रोजगारदाता कम्पनी र पठाउने म्यानपावरबीच दूतावासले पहल गरिरहेको बताउनुभयो ।