images
images

रुसी सेनामा थप १ नेपालीले ज्यान गुमाए, कुशको शव बनाई अन्त्येष्टि

  • १० फाल्गुन २०८०, बिहीबार १५:२०

रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ ।

बागलुङको ताराखोला गाउँपालिका–२, सिलेका ३६ वर्षीय जितबहादुर विकको युक्रेनविरुद्धको लडाइँमा मृत्यु भएको हो । गत माघ २० गते उनको मृत्यु भएपनि परिवारजनले हिजो मात्र जानकारी पाएको बताइएको छ । पर्यटक भिसामा गत असोज ११ गते रुस पुगेका विक पछि रुसी फौजमा भर्ना भएका थिए । उनलाई रुस लैजाने एजेन्टमार्फत उनको मृत्यु भएको खबर र मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात परिवारजनले प्राप्त गरेका छन् । मृत्यु भएको पुष्टि भएपछि परिवारजनले हिजो नै गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि समेत गरिसकेका छन् । विक यसअघि गाउँमै गाडी चालक रहेको थिए भने वैदेशिक रोजगारीका लागि केही वर्षअघि साउदी अरब र कतार पनि पुगेका थिए । योसँगै रुसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १४ पुगेको छ ।