images
images

निर्माणाधीन घरको सर्वे गर्ने क्रममा लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

  • १६ माघ २०८०, मंगलवार १६:४६

पोखरा । पोखरामा घरमा सर्वे गरिरहेको अवस्थामा लिफ्टबाट खस्दा एक इन्जिनियरको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–८ रत्नचोकका ३७ वर्षीय प्रवीण भट्टराईको घरमा सर्वे गरिरहेको अवस्थामा लिफ्टबाट खस्दा मृत्यु भएको हो । उनी पोखराकै न्युरोडस्थित रहेको मुक्ति ईनर्जी प्रा.लिका इन्जिनियर रहेका थिए । पोखरा महानगरपालिका–६ खहरे चोकस्थित चिनीमाया भण्डारीको बन्दै गरेकोे निर्माणाधीन घरमा तातो पानी आउने प्रणाली हेर्न जाँदा इन्जिनियर भट्टराई ५ औँ तलाको लिफ्टबाट अचानक खसेका थिए । लिफ्टबाट खसेर गम्भिर घाइते भएका उनको गण्डकी मेडिकल कजेलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।