images
images

सर्लाहीको बरहथवामा भोलीसम्मका लागि कर्फ्यू आदेश जारी

  • २० पुष २०८०, शुक्रबार १७:३५

सर्लाही । सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गर्नुभएको छ । बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी आजदेखि भोलि विहान ८ बजेसम्मकालागि कर्फ्यू आदेश जारी गरिएको छ ।

बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।