images
images

रौतहटमा जारी कर्फ्यु आजबाट पूर्ण रुपमा हट्ने

  • ९ फाल्गुन २०८०, बुधबार १५:०९

रौतहट । रौतहटका विभिन्न स्थानमा लगाइएको कफ्र्यु आदेश आजबाट पूर्ण रुपमा हट्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सूचना जारी गरी कफ्र्यु आदेश आज बेलुकी ५ बजेबाट पूर्ण रुपमा हट्ने जानकारी दिनुभएको हो । रौतहटको इशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पुजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुस्लिम समूहबिच विवाद भएको थियो । विवादले उग्र रुप लिन थालेपछि फागुन ५ गते र ६ गते रौतहटका विभिन्न स्थानमा जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरेको थियो ।

हाल स्थिति सामान्य भईसकेकोले बेलुकी ५ बजेदेखि पूर्ण रुपमा कफ्र्यू हटाइने प्रशासनले जनाएको हो । स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(क) को ५ बमोजिम कफ्र्यु आदेश हटाइएको सूचनामा उल्लेख छ ।