images
images

निर्वाचन आचारसंहिता भोलीदेखि लागु हुने

  • ११ आश्विन २०७९, मंगलवार १७:३७

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातीदेखि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ ।

आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचनको प्रचारप्रसारमा हिँड्न नपाउने व्यवस्था छ । निर्वाचन आयोगको यो आचारसंहिताको व्यवस्थाप्रति दलहरुले भने आपत्ति जनाएका छन् । आचारसंहितामा आयोगले दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ ।

आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रिय आचारसंहिता अनुगमन समिति र प्रत्येक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको छ ।