images
images

बन्चरोले घाँटीमा प्रहार गरी आफ्नै छोराले गरे बुबाको हत्या, बन्चरोसहित लालदेब प्रहरी नियन्त्रणमा

  • ७ चैत्र २०८०, बुधबार १६:१५

सप्तरी । सप्तरीमा घरायसी विवादमा बन्चरोले घाँटीमा प्रहार गरेर आफ्नै छोराले बुबाका हत्या गरेका छन् ।

सप्तकोसी नगरपालिका–३ सखबनी नयाँ बस्तीका २२ वर्षीय लालदेब सदाले आज आफ्नै बुबा ४५ वर्षीय हिराई सदाको बन्चरो प्रहार गरेर हत्या गरेका हुन् । घाँटीमा बन्चरो प्रहार गर्दा बुबा हिराईको घटनास्थलमै मृत्यु भएको सप्तरीका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार लालदेबले छिमेकी ६५ वर्षीय दसन सदालाई पनि बन्चरो प्रहार गरेका छन् । बन्चरो प्रहारबाट दसनको टाउको र हातमा चोट लागेको छ । उनको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या र छिमेकीलाई घाइते बनाएका लालदेबलाई बन्चरोसहित पक्राउ गरिएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।