images
images

भीमेश्वरमा हाम्रो जित सुनिश्चित छः नगरप्रमुखका उम्मेदवार चौँलागाई

  • २२ बैशाख २०७९, बिहीबार ०७:५४

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखका उम्मेदवार हरिबंश चौँलागाईले स्थानीय तह निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुभएको छ ।

हाम्रो रेडियोको कार्यक्रम स्थानिय तह निर्वाचन विशेषमा कुराकानी गर्दै नगरप्रमुखका उम्मेदवार चौलागाईले भीमेश्वरको नगरप्रमुखमा जनमतका आधारमा आफु विजयी भएपनि प्रक्रिया पु¥याउन बाँकी रहेको दावी गर्नुभएको हो । उहाँले भीमेश्वरको प्रमुख/उपप्रमुख र ९ वटै वडामा आफुहरुले जित हासिल गर्ने दावी गर्नुभयो । नगरप्रमुखका उम्मेदवार चौलागाईले वडातहदेखि पालिकासम्म आफ्नो संगठन मजबुत रहेको भन्दै यो पटकको निर्वाचनमा एमालेले सबै स्थानमा जित्ने दावी गर्नुभयो । नेकपा एमालेले यसअघिको निर्वाचनमा एक्लै लड्दा पनि जितेको र अहिले पनि गठबन्धनबीचको तालमेलले एमालेलाई जित हासिल गर्न कुनै असर नगर्ने उहाँको भनाई छ । एमाले र माओवादी मिलेर बनेको नेकपा विभाज भएपछि धेरै नेकपा एमालेमै रहेकाले जनमतका आधारमा गठबन्धन भन्दा आफु बलियो रहेको उहाँले जिकिर गर्नुभयो । जनताको न्यायको पक्षमा बोल्ने भएकाले जनताले बुझेर मत दिनेमा आफु विश्वत रहेको उहाँले बताउनुभयो ।

दोलखाको भीमेश्वर नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखका उम्मेदवार हरिबंश चौँलागाईले स्थानीय तह निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुभएको छ । उहाँले भीमेश्वरको प्रमुख/उपप्रमुख र ९ वटै वडामा आफुहरुले जित हासिल गर्ने दावी गर्नुभयो । नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले ५ वर्षमा गरेको अधुरा काम पुरा गर्न, शिक्षा, स्वास्थ्य लगायतको जनताको न्युनतम आवश्यकता पुरा गर्न आफुले उम्मेदवारी दिएको उहाँको भनाई छ ।

उम्मेदवारी दिने समयमा जिल्लातहमा कुरा नमिल्दा प्रदेश कमिटिमा उजुरी दिन पुगेका एमाले अध्यक्षका उम्मेदवार चौलागाईले सबै स्थानीयतहमा नयाँ अनुहार भएकाले कुनै पनि ठाउँमा नदोहो¥याउने भनेर आफुले प्रदेशमा निवेदन दिएको र नेतृत्व गर्न सक्षम देखेर पार्टीले आफुलाई विश्वास गरी नगरप्रमुखको उम्मेदवार बनाएको चौलागाईले बताउनुभयो । हाल नेकपा एमाले एकजुट भएर चुनावी अभियानमा लागि परेको उहाँको भनाई छ ।

नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले ५ वर्षमा गरेको अधुरा काम पुरा गर्न, शिक्षा, स्वास्थ्य लगायतको जनताको न्युनतम आवश्यकता पुरा गर्न आफुले उम्मेदवारी दिएको उहाँको भनाई छ । नगरप्रमुखका उम्मेदवार चौलागाईले आफु निर्वाचति भएमा ५ वर्षको अवधिमा भीमेश्वर नगरपालिकाको मुहार फेर्न देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । चौलागाईले कृषि र पर्यटनलाई जोड दिने, भौतिक पुर्वाधार निर्माण, कृषि उत्पादनलाई बजारीकरण गर्ने, कृषि अनुदानको व्यवस्था, सामाजिक सुरक्षाका कार्यक्रम, औद्योगीक क्षेत्रको विकास, पर्यटकीय क्षेत्रको व्यवस्थापन लगायतको कामलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले विशेषगरी जनताको आयस्रोतमा जोड दिने खालका कार्य गर्नुका साथै पालिकामा सडक कालोपत्रे, बसपार्क निर्माण, भौतिक संरचना निर्माण, बजारलाई व्यवस्थित गर्ने लगायतको काम गर्ने योजना बनाएको र सोहीअनुसार लागु गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो ।