images
images

सुन प्रकरणमा थप तीन चिनिया नागरिक पक्राउ

  • ३० श्रावण २०८०, मंगलवार १६:१७

काठमाण्डौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २३ पुगेको छ ।

थप तिन जना चिनिया नागरिक पक्राउ परेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २३ पुगेको हो । एक महिलासहित तिन चिनिया नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चिनिया नागरिक झाओ हुई, जेङ छ्याङ र ताङ जिङ नामका चिनिया नागरिकहरु पक्राउ परेका हुन् । उनीहरुलाई आज काठमाण्डौबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जनाएको छ ।

सो प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् । त्यसमध्ये यसअघि नै एकजना हाजिरी जमानीमा छुटेका छन् । यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमान स्थलबाट तस्करीको सुन बरामद गरेको थियो ।