images
images

भोट किनेर चुनाव जित्ने सपना नदेख्न एमालेलाई लामाको चेतावनी

  • २१ कार्तिक २०७९, सोमबार १७:५१

दोलखा । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभाका समानुपातिक उम्मेदवार शंकर लामाले जनताले अत्याधिक मत दिएर गठबन्धन दललाई विजयी गराउने बताउनु भएको छ ।

हाम्रो रेडियोको बहसमुखी कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै उम्मेदवार लामाले यस्तो बताउनुभएको हो । उहाँले दोलखाली जनताले गठबन्धनलाई विश्वास गरेकाले गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभयो । पाँच दलीय गठबन्धनले मात्रै मुलुकको समृद्धि सम्भव रहेको उहाँको भनाई छ । उम्मेदवार लामाले संविधानको रक्षा, मुलुकलाई समृद्धितिर लैजान तथा संविधानमा रहेको समाजवाद उन्मुख विकासका लागि गठबन्धन बनेको बताउनुभयो । त्यसका लागि जनताले आफुँसँगै गठबन्धनका सबै उम्मेदवारलाई अत्याधिक मत दिनेमा उम्मेदवार लामाले विश्वास व्यक्त गर्नुभयो । जनताको सेवाका लागि पद पनि चाहिने रहेछ भन्ने महसुस भएकाले आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । आफु सांसद भए पनि नभएपनि जनताको सेवामा समर्पित रहिरहने उहाँको भनाई छ ।

नेता लामाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई टेकेर गरेको गलत प्रवृत्ति विरुद्ध गठबन्धन बनेको बताउनुभयो । जित्नका लागि र हराउनका लागि मात्रै गठबन्धन नबनेको भन्दै उहाँले संविधानको रक्षा गर्ने, उत्पादनलाई बढाउने र महँगी घटाउने, समाजवादको कार्यान्वयन गरी दलाल पुँजीपतिहरुलाई विस्थापन गर्ने गठबन्धनको उदेश्य रहेको धारणा राख्नुभयो ।

नेकपा माओवादी केन्द्रबाट प्रदेशसभाका समानुपातिक उम्मेदवार शंकर लामाले जनताले अत्याधिक मत दिएर गठबन्धन दललाई विजयी गराउने बताउनु भएको छ । उहाँले दोलखाली जनताले गठबन्धनलाई विश्वास गरेकाले गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभयो । पाँच दलीय गठबन्धनले मात्रै मुलुकको समृद्धि सम्भव रहेको उहाँको भनाई छ । दोलखामा एमालेका पुँजीपति व्यवसायी र गठबन्धनका राजनीतिकर्मि बीच चुनावी प्रतिष्पर्धा हुन लागेको भन्दै उम्मेदवार लामाले पैसा र राजनीतिको तुलना नहुने बताउनुभयो ।

नेता लामाले प्रत्यक्षतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार गंगा कार्की विश्व र प्रदेशसभातर्फ प्रदेशसभा १ का उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेशसभा २ का उम्मेदवार वर्मा लामालाई अत्याधिक मत दिएर विजय गराउन आब्ह्वान समेत गर्नुभयो ।दोलखामा एमालेका पुँजीपति व्यवसायी र गठबन्धनका राजनीतिकर्मि बीच चुनावी प्रतिष्पर्धा हुन लागेको भन्दै उम्मेदवार लामाले पैसा र राजनीतिको तुलना नहुने बताउनुभयो । उहाँले दोलखाली मतदाता सचेत रहेको भन्दै पैसाले मत किनेर चुनाव जित्ने सपना नदेख्न एमालेलाई सुझाव दिनुभयो ।

माओवादी केन्द्रे लामालाई प्रदेससभा सदस्यमा समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । २०३५ सालदेखि राजनीति सुरु गरेका लामा जनयुद्ध अगावै भूमिगत भएका थिए । उनले जनयुद्धकै क्रममा श्रीमति समेत गुमाएका थिए ।