images
images

पोर्चुगलमा दुर्घटनामा परेकी सिन्धुलीकी युवतीलाई स्वास्थ्य उपचारमा समस्या

  • २४ माघ २०८०, बुधबार १७:५७

वैदेशिक रोजगारीको सिलसिलामा सवारी दुर्घटनामा परी गम्भीर घाईते भएकी सिन्धुलीकी एक युवतीलाई स्वास्थ्य उपचारमा समस्या भएको छ ।

दुई वर्षअघि रोजगारीका लागि पोर्चुगल पुगेकी सिन्धुलीको मरिण गाउँपालिका–३ की २९ वर्षिया सुस्मिता मोक्तान स्वास्थ्य उपचार नपाउँदा समस्यामा परेकी हुन् । करिब एक महिनाअघि बाटो काट्ने क्रममा तीब्र गतिमा आएको कारको ठक्करबाट उनी गम्भीर घाईते भएकी थिईन् । सो क्रममा उनको दाहिने हात र देब्रे हिप भाँचिएको थियो । हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएपछि उनी ओछ्यानमै थलिन बाध्य भएकी हुन् ।

थला परेकी मोक्तान सामान्य उपचारबाट समेत बञ्चित हुँदा स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ । दुर्घटनाका कारण विक्षिप्त बनेकी उनी आफ्नो औषधी उपचारका लागि सबैसँग हारगुहार गरिरहेकी छिन् । मोक्तान मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीमा कृषि मजदुरका रुपमा कार्यरत थिइन् ।