images
images

माओवादी केन्द्रका नेता पाण्डे भन्नुहुन्छ, ‘दोलखामा एमालेलाई गठबन्धनले सजिलै पराजित गर्नेछ’

  • २४ बैशाख २०७९, शनिबार १५:५१

दोलखा । नेकपा माओवादी केन्द्रका नेता गोपाल पाण्डेले दोलखामा गठबन्धन दलको जित सुनिश्चित भएको दावि गर्नुभएको छ ।

गठबन्धनको दरिलो शक्ति सहित आफुहरु निर्वाचनमा होमिएको भन्दै उहाँले एमालेलाई जिल्लामा सजिलै पराजित गर्न सक्ने दावि गर्नुभयो । हाम्रो रेडियोको कार्यक्रम स्थानीय तह निर्वाचन विशेषमा आज कुराकानी गर्दै नेता पाण्डेले गठबन्धनको शक्तिको अगाडि एमाले अत्यन्तै कमजोर देखिएको बताउनुभयो । निरकुशता, तानाशाही र सँधै झुटको खेती गर्नेहरु विरुद्ध दोलखामा पनि गठबन्धन बनेकाले एमाले निर्वाचन अगावै अत्तालिएको उहाँले बताउनुभयो । नेता पाण्डेले केन्द्र, प्रदेश हुँदै जिल्ला तहमा कमजोर बनिसकेको एमालेलाई गठबन्धन दलले सजिलै पराजित गर्न सक्ने जिकिर गर्नुभयो । गठबन्ध दलले सवै पालिका र वडाहरुमा जित्ने दावि गर्नै उहाँले एमालेलाई अघिल्लो निर्वाचनको जस्तो नसोच्न भन्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका नेता गोपाल पाण्डेले दोलखामा गठबन्धन दलको जित सुनिश्चित भएको दावि गर्नुभएको छ ।गठबन्धनको दरिलो शक्ति सहित आफुहरु निर्वाचनमा होमिएको भन्दै उहाँले एमालेलाई जिल्लामा सजिलै पराजित गर्न सक्ने दावि गर्नुभयो । नेता पाण्डेले केन्द्र, प्रदेश हुँदै जिल्ला तहमा कमजोर बनिसकेको एमालेलाई गठबन्धन दलले सजिलै पराजित गर्न सक्ने जिकिर गर्नुभयो । गठबन्ध दलले सवै पालिका र वडाहरुमा जित्ने दावि गर्नै उहाँले एमालेलाई अघिल्लो निर्वाचनको जस्तो नसोच्न भन्नुभएको छ । 

अघिल्लो निर्वाचनमा आंशिक मात्रै गठबन्धन भएको र गठबन्धनको अनुभव पनि गर्न नसकेकाले चुनावि परिणाम कमजोर देखिए पनि अहिले केन्द्रदेखि नै कडा निर्देशन आएकाले जिल्ला तहमा पनि सोही अनुसार अघि बढीरहेको नेता पाण्डेको भनाई छ । देशको कमजोर शक्ति बनिसकेको एमालेलाई दोलखामा पनि गठबन्धन दलले निर्वाचन मार्फत सजिलै परास्त गर्ने भन्दै उहाँले पछिल्लो समय एमालेको गतिविधिका कारण जिल्लामा एमाले कमजोर भएको भन्न सकिने बताउनुभयो । गठबन्धन नभएका स्थानमा पनि स्वस्थ प्रतिस्पर्धा हुने भएकाले जिल्लाको ९ वटै स्थानीय तह र ७४ वटै वडामा जित निश्चित भइसकेको उहाँले दावि गर्नुभयो । अघिल्लो निर्वाचनमा विशेष कारणबस माओवादी केही कमजोर जस्तो भएपनि अहिले माओवादीको पक्षमा निकै जनआकर्षण देखिएको नेता पाण्डको भनाई छ ।

माओवादीको विचार, दष्टिकोण र योजनाहरु जनताले बुझिसकेका उल्लेख गर्दै उहाँले यो पटक गठबन्धन र माओवादीको पक्षमा जनताको आकर्षण जिल्लाभर नै ह्वात्तै बढेको बताउनुभयो । निर्वाचनका बेला दोलखामा हुने गुण्डागर्दी र पैसाको चलखेल जनताले अघिल्लो निर्वाचनमै बुझिसकेकाले यो पटक जनता आफैं पैसा र गुण्डागर्दिको विरुद्धमा उत्रिएकाले गठबन्धनलाई थप शक्ति पैदा भएको उहाँको भनाई छ । विगतका निर्वाचनलाई दृष्टिगत गर्दै गठबन्धनले मतदाताको सुरक्षा र बुथ सुरक्षा लागि सुरक्षाकर्मीलाई सघाउने गरि युवा शक्ति समेत परिचालन गरेको छ ।