
काठमाडौं । नेपालमा आज ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय ७० जनाको नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना संक्रमणमुक्त भएका छन् ।