images
images

इजरायलमा हमासको आक्रमणका कारण स्थिति तनावपूर्ण, चार सय बढीको मृत्यु

  • २१ आश्विन २०८०, आईतवार ०९:३३

इजरायलमा आतंकवादी समुह हमासले आक्रमण सुरु गरेपछि इजरायलले पनि प्रतिकार जारी राखेको छ ।

जसका कारण इजरायलको स्थिति पछिल्लो २४ घण्टादेखि तनावपूर्ण बनेको छ । हमासको आक्रमणबाट इजरायल तर्फका २ सय ५० जनाको मृत्यु भएको छ भने इजरायलको जवाफि कारवाहीमा २ सय ३० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । इजरायल सरकारले विज्ञप्ति जारी गरि गाजाका विभिन्न सात क्षेत्रका सर्वसाधारणलाई आ–आफ्ना स्थानमा शरण लिन आग्रह गरेको छ । सो क्षेत्रमा आतंककारीको समुह रहेको आशंकामा इजरायली सेनाले कारवार्ही गर्ने तयारी गरेको छ । गाजापट्टीमा हमासको स्थान रहेको इजरायली सेनाको दावी छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणलाई कालो दिनको संज्ञा दिँदै ठुलो बदला दिने चेतावनी दिनुभएको छ । शनिवार विहान गाजापट्टीबाट इजरायलमा दर्जनौं रकेट हानिएको थियो । त्यसपछि इजरायली सेनाले पनि जवाफि कारवाही सुरु गरेको हो । आक्रमणपछि हमासका दर्जनौं हतियारधारी दक्षिणी इजराजलमा घुसेको र कयौं इजरायलीलाई बन्धक बनाएर गाजापट्टी लगेको बताइएको छ । आक्रमणको विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुले निन्दा गरेका छन् ।