images
images

इजरायलमा हमासको आक्रमण जारी, सात सय जनाको शव संकलन

  • २२ आश्विन २०८०, सोमबार १५:२९

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका ७ सय जनाको शव संकलन भएको छ ।

गाजा क्षेत्रमा हमासले गरेको आक्रमण र इजरायली सेनाले गरेको प्रतिकारमा अहिलेसम्म सात सय जनाको मृत्यु भएको हो । इजरायली उद्धार सेवा जाकाले विज्ञप्ति जारी गर्दै गाजा क्षेत्रमा ४ सय १३ र नोभा फेस्टिभलमा सरिक करिव २ सय ६० जना युवायुवतिको शव संकलन भएको जनाएको छ ।

इजरायली भूमिका हमास लडाकु र इजरायली सैनिकबीच भीडन्त भइरहेका बेला इजरायली सेनाले गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ । शनिवारदेखि जारी युद्ध नरोकिएपछि इजरायलकोे मन्त्रिपरिषदले युद्धको अवस्था घोषणा गरेको छ ।