images
images

फ्रान्सको नयाँ प्रधानमन्त्री ३४ वर्षीय युवक

  • २५ पुष २०८०, बुधबार १०:४९

फ्रान्सका नयाँ प्रधानमन्त्रीमा गाब्रिअल अटल नियुक्त हुनुभएको छ ।

एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति कार्यकाललाई नयाँ सरकारसहित पुनर्संरचना गर्न खोजिरहँदा ३४ वर्षीय गाब्रिअल अटल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति हुनुहुन्छ । यसअघि समाजवादी लरेन्ट फाबिअस सन् १९८४ मा ३७ वर्षको उमेर हुँदा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।