images
images

राप्रपा अध्यक्ष लिङदेनको कार्यकक्ष बाहिर नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण

  • २७ फाल्गुन २०८०, आईतवार १२:५७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यसम्पादन समिति सदस्यमाथि आक्रमण भएको छ ।

पार्टीको केन्द्रीय कार्यासम्पादन समितिको बैठक हलबाट बाहिर निस्कदै गर्दा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर आज राप्रपाका कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण भएको हो । आज बसेको कार्यसम्पादन समितिको बैठकमा छलफलका क्रममा नेता विक्रम पाण्डेमाथि विभिन्न प्रश्न उठेको भन्दै आलोचना भइरहदाँ श्रेष्ठले उनलाई भ्रष्टाचारमा संलग्न रहेको भन्दै पार्टी बचाउमा लाग्नुपरेको बताएका थिए ।

श्रेष्ठको सो कुराले आक्रोशित हुँदै बैठक स्थलबाट पाण्डे बाहिरिएका थिए । त्यसलगत्तै कार्यसम्पादन समितिको बैठक लम्बिने भएपछि नेताहरु खाना खान बाहिर निस्कने क्रममा एक्कासि पूर्व एआईजी समेत रहेका श्रेष्ठमाथि आक्रमण भएको हो । समिति सदस्य श्रेष्ठमाथि आक्रमण गर्नेहरु पार्टीभन्दा बाहिरका मानिसहरु रहेको नेता दीपकबहादुर सिंहले बताउनभयो । उहाँका अनुसार उनीहरु हाल फरार रहेका छन् । आक्रमण गर्नेको खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।