images
images

इजरायलमा जारी द्धन्द्धमा मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

  • २३ आश्विन २०८०, मंगलवार ०८:४५

इजरायलमा चारदिनदेखि जारी आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १५ सय नाघेको छ ।

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा हालसम्म १५ सय जनाको मृत्यु भएको हो । इजरायलमा ९ सय र गाजामा ६ सय भन्दा बढीको मृत्यु भएको बीबीसिले जनाएको छ । शनिवार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो ।

सो हमलामा १० जना नेपालीको समेत मृत्यु भएको छ भने एक जना अझै सम्पर्क विहिन रहेका छन् । इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई पूर्ण घेराबन्दी गर्न आदेश दिनुभएको छ ।