images
images

सिन्धुली दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

  • २८ फाल्गुन २०७९, आईतवार १२:५८

सिन्धुली । सिन्धुलीको फिकल गाउँपालिका ४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने ३० जना घाईते भएका छन् ।

ओखलढुंगाको रुम्जाटारबाट काठमाडौँ जाँदै गरेको बा २ ख ६५९६ को बस सिन्धुलीको फिकल गाउँपालिका वडा ४ कुईभीर भन्ने स्थानमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । मृतकको अझै सनाखत ह्न नसकेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक डिएसपि चिरञ्जिवी दहालले जानकारी दिनुभयो । उहाँका अनुसार घाईतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले हेलिकोप्टरमार्फत् काठमाण्डौ पठाउन लागिएको छ । घाईतेहरुको खुर्कोट अस्पतालमा उपचार भईरहेको छ । बसमा ३६ जना सवार रहेको बताईएको छ । अचानक ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।