images
images

दोलखामा नेबिसंघको दौड प्रतियोगिता, थामी भए प्रतिश्पर्धामा पहिलो

  • २७ श्रावण २०८०, शनिबार ११:४५

दोलखा । नेपाली कांग्रेस निकट बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ दोलखाले सदरमुकाम चरिकोटमा ‘प्रथम नेबिसंघ सर्ट रेस’ प्रतियोगिताको आयोजना गरेको छ ।

साँढे २ किलोमिटरको दौड प्रतियोगितामा भीम मावि दोलखाका बिद्यार्थी बिष्णु थामी १० मिनेट ४७ सेकेण्डमा पुरा गरी प्रथम भएका छन् । उनले नगद ५ हजार पुरस्कार, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा क्षमावती माविका भुपेन्द्र थामी दोश्रो, कालिञ्चोक माविका रुपेश तामाङ तेश्रो, गौरीशंकर बहुमुखी क्याम्पसका यामे तामाङ चौथो, अल्पाइन पव्लिक स्कूलका आसिम तामाङ पाँचौं र मोर्डन नेपाल स्कूलका फुर्वा लामा छैंठौं भएका छन् ।

बिजयी प्रतियोगीहरुलाई नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, कांग्रेस नेता एवँ भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, कांग्रेस जिल्ला उपसभापति एवँ कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रशाद शिवाकोटीले नगद पुरस्कार, मेडल र प्रमाणपत्र बितरण गर्नुभएको थियो । प्रतियोगितामा ८३ जना धावकहरुको सहभागिता थियो ।

दौडका माध्यमवाट दोलखाको खेलकूद क्षेत्रमा योगदान गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको नेबिसंघ दोलखाका अध्यक्ष सौगात थापाले जानकारी दिनुभयो ।