images
images

चरिकोटमा रितवहादुर स्मृति भलिबल प्रतियोगिता हुँदै, बागमती प्रदेशभरका खेलाडी सहभागी हुने

  • २० फाल्गुन २०८०, आईतवार १६:३०

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा भोलीवाट प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका स्तरीय सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता–२०८० सुरु हुने भएको छ ।

चरिकोटस्थित टुँडिखेल मैदानमा भोलीदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक युवा सञ्जाल दोलखाले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महान सहिद रितवहादुर खड्को स्मृतिमा दोलखा युवा सञ्जालको आयोजनामा हुन लागेको प्रतियोगिता दोलखा जिल्लाको भलिबल इतिहामै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता हो । प्रतियोगितामा प्रथम हुनेले २ लाख ५१ हजार, द्धितीय हुनेले १ लाख ५१ हजार, र तृतीय टिमले ५१ हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, सान्त्वना हुने टिमले २१ हजार र प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीहरुलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिने युवा सञ्जाल दोलखाले जनाएको छ । यो प्रतियोगिता फागुन २५ गतेसम्म चल्नेछ ।

युवा सञ्जाल दोलखाका अध्यक्ष पुस्कर अधिकारीले प्रतियोगितामा वागमती प्रदेशको काठमाडौँ र रसुवा बाहेक अन्य सबै जिल्लाका खेलाडीहरुको प्रतिनिधित्व हुने जानकारी दिनुभयो ।