images
images

नाबालिकाको चरित्रहत्या गरी हैरान पार्ने सिन्धुपाल्चोकका युवक पक्राउ

  • २० फाल्गुन २०८०, आईतवार १५:१७

काठमाडौं । नाबालिकाको चरित्रहत्या गर्ने सिन्धुपाल्चोकका एक युवक पक्राउ परेका छन् ।

चरित्रहत्या गरी दुःख दिने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–२६ गोल्खुपाखा बस्ने २२ वर्षीय सुमन खत्री पक्राउ परेका हुन् । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टोलीले गोल्खुपाखा, ठमेलबाट फागुन १७ गते पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाले पोष्ट गरेको फोटो डाउनलोड गरी विभिन्न फेक आई डी बनाउने गरेका थिए । आफ्नो परिचय लुकाउन भिपिएनको समेत प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

फेक आडडीबाट नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेख्नुका साथै उनले नाबालिका तथा नाबालिकाकी दिदी र साथीहरु लगायतलाई अश्लिल तस्विर, भीडियो, फेसबुक म्यासेन्जरमा पठाउने गरेका थिए । यसरी चरित्र हत्या गरी दुः ख दिएको भन्दै नाबालिकाको काकाले दिएको निवेदनका आधारमा उनलाई अनुसन्धान गरी पक्राउ गरिएको हो । खत्रीलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ ।