images
images

नेपालको अपराजित यात्रा, एसिसि प्रिमियर कपको सेमिफाईनलमा

  • ५ बैशाख २०८१, बुधबार १७:४७

काठमाडौँ । नेपाल एसिसि प्रिमियर कप क्रिकेट २०२४ को सेमिफाईनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा साउदी अरबलाई ६ विकेटले पराजित गरेसँगै नेपाल अपराजित यात्राका साथ सेमिफाईनलमा प्रवेश गरेको हो । साउदी अरबले दिएको ७ रनको लक्ष्य नेपालले ७ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको थियो । नेपालको जितका लागि गुलशान झाले ३२ तथा कप्तान रोहित पौडेलले अविजित १६ रन बनाएका थिए । त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको साउदी अरबले ८ ओभमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।

यो जितसँगै नेपाल समुह ए बाट ४ वटै खेलमा विजयी भएको छ । नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले सेमिफाईनलमा शुक्रबार समुह बी को उपविजेतासँग खेल्नेछ ।