images
images

सिन्धुलीमा ६८ किलो गाँजा सहित तीन जना पक्राउ

  • २ फाल्गुन २०७८, सोमबार १३:०४

सिन्धुली । सिन्धुलीका तीन पुरुष ६८ किलो लागुऔषध गाँजा सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका वडा नम्बर १ ओख्लेका ४२ वर्षिय कालु बहादुर ब्लोन र १९ वर्षिय कृष्ण बहादुर ब्लोन तथा मरिण गाउँपालिका वडा नम्बर ७ देउजोरका ३२ वर्षिय बहादुर गोले रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले ब्लोनद्धयलाई कमलामाई नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरेको हो भने गोलेलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

ब्लोनद्धयको साथबाट ३६ किलो ८ सय ७० ग्राम र गोलेको साथबाट ३२ किलो अवैध लागुऔषध गाँजा बरामद भएको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सुराकीको आधारमा उनीहरुलाई आज विहान पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।