images
images

लिबिया आँधिः सात हजार मानिसको ज्यान गयो, डेर्ना सहरको धेरै भाग डुबानमा

  • २८ भाद्र २०८०, बिहीबार १०:२३

लिबियामा आँधिका कारण करिब ७ हजार मानिसले ज्यान गुमाएका छन् ।

लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीमा ज्यान गुमाएका ६ हजार हजार ९ सय बढी मानिसको शव भेटिएको हो । अफ्रिकी देश लिबियाको तटीय सहर डेर्नामा आएको शक्तिशाली आँधीका कारण यति धेरै मानिसले ज्यान गुमाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बाढीले तहसनहस पारेको सहरमा शवहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएका छन् ।

उद्धारमा खटेका करिब डेढ सय सैनिक बेपत्ता भएका छन् । डेर्नामा तटीय क्षेत्रमा आइतवार आइपुगेको एउटा समुद्री आँधीका कारण दुईवटा बाँध र चारवटा पुलहरू भत्किएका थिए । त्यसपछि सहरको धेरै भाग बाढी र डुबानमा परेका थिए । ज्यान गुमाउनेहरूको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।