images
images

सेती नदीको खोँचसम्म सम्पर्कमा रहेको विमान कसरी भयो दुर्घटना ?

  • १ माघ २०७९, आईतवार १३:४९

पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको ९ एन–एएनसी जहाज दुर्घटनाघिसम्म सम्पर्कमै रहेको पाइएको छ ।

अन्तिम पटक १० बजेर ५० मिनेटसम्म विमान सम्पर्कमै रहेको पाइएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको जहाज पोखरा टावरसँग १० बजेर ५० मा सम्पर्कमा आएको थियो । सो बेला जहाज सेती खोंच भन्ने स्थानमा थियो । त्यसपछि दुर्घटनामा परेको हो । दुर्घटनाको कारण अझै खुलेको छैन । काठमाडौंबाट पोखरासम्मको उडान दुरी २५ मिनेटको हो ।

यसैबीच, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा दुर्घटना भएको जहाजले मापदण्ड पुरा गरेरै उडान भरेको बताउनुभएको छ । मौसम पनि ठिक रहेको र मापदण्ड पुरा गरेरे विमानले उडान भरेको उहाँले बताउनुभयो । महानिर्देशक ठाकुरले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराउनुभएको हो । पोखरामा आज विहानदेखि मौसम राम्रो नै रहेको र एयरलाइन्स र एयरपोर्टले सम्पुर्ण मापदण्ड पुरा गरेर उडान भरेको उहाँले जिकिर गर्नुभयो । एयरपोर्टबाट नजिकैको दुरीमा विमान दुर्घटना भएको महानिर्देशक ठाकुरले जानकारी गराउनुभयो । कास्कीको नयाँगाउँमा सो दुर्घटना भएको हो ।